धनुषाको जनकपुर देखि पटना सम्म बस सुरु, भाडा चार सय ४० रुपैयाँ

0
459
Ad_Article_Top
Share :

असोज १, बिरगंज

आईतबारबाट धनुषाको जनकपुर देखि पटना सम्म बस सुरु भएको छ । प्रदेश २ को मुकाम जनकपुर देखि भारत विहारको राजधानी पटना जोडने बस सेवालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आईतबार हरियो झण्डा देखाएर उदघाटन गर्नुभयो । मञ्जुश्री प्रालिले सुरु गरेको नेपाल भारत मैत्री बससेवा बस जनकपुरबाट भिठ्ठामोड, सीतामढी, मुजफ्फर हुँदै पटनाको लागि छुटेको हो । जनकपुर पटना बस सेवाको बस जनकपुरबाट बिहान १० बजे र राति ८ बजे खुल्नेछ । त्यस्तै पटनाबाट जनकपुरका लागि अपराह्न ३ बजे, बिहान ४ बजे र राति ९ बजे बस छुट्ने समय तालिका छ । जनकपुर–पटनाको भाडा भारु. २७५ अर्थात नेपाली रुपैयाँ ४ सय ४० निर्धारण गरिएको छ । बससेवाको उदघाटन गर्दै मुख्यमन्त्री राउतले नेपाल भारत मैत्री बस सेवाले नेपाल र भारतबीचको बेटीरोटी को सम्बन्ध अझै प्रगाढ हुने बताउनुभयो । सन् २०१४ मा काठमाडौंमा भएको सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–पटना र काठमाण्डौं–बोधगया बससेवा सञ्चालन गर्ने घोषणा गर्नुभएको थियो ।मोदीले घोषणा गरेको ४ वर्षपछि बससेवा शुरु भएको हो । तर, यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले जनकपुरबाट उदघाट्न गरेका जनकपुर–अयोध्या बससेवा अझै सञ्चालनमा आउन सकेको छैन ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here