रनरले नेपालमा सार्वजनिक र्गयो ५ अलग अलग बाइक

0
365
Ad_Article_Top
Share :

असोज १, बिरगंज

भृकुटीमण्डपमा जारी नाडा अटो शोमा बंगलादेशी बाइक कम्पनी रनरले आफ्ना ५ नयाँ मोडल सार्वजनिक गरेको छ ।

नेपालमा रनर बाइकको बिक्री–वितरण गरिरहेको रमन मोटर्सले १५० देखि २५० सीसी सम्मका स्पोर्ट्स सिरिज, डर्ट बाइक, स्ट्रिट बाइक र प्युअर स्कुटर रेन्ज गरी ५ नयाँ बाइकहरु उपलब्ध गराएको हो।

फायरब्लेड १६५ सीसी र १२५ सीसी दुइ भेरियण्टमा उपलब्ध छ । यी बाइकहरु अफरोड राइडका लागि उपयुक्त छन् ।यी विभिन्न ३ कलरहरुमा उपलब्ध छन् । यी मध्ये १६५ सीसी भेरियण्टको मूल्य ३ लाख २५ हजार रुपैयाँ छ ।
अफरोडका लागि उपयुक्त २०० सीसीको हकको मूल्य ३ लाख ५९ हजार रुपैयाँ छ ।
२५० सीसी को यो बाइक एग्रेसिभ स्पोर्टी लुक्स, स्टाइल र एरोडाइनामिक बडी स्ट्रक्चरका कारण यही सेगेमेन्टका अरु बाइकभन्दा फरक छ । डबल साइलेन्सर सहितको यो बाइकको मूल्य ३ लाख ८४ हजार रुपैयाँ छ ।

रनरले पहिलो पटक नेपाली बजारका लागि ल्याएको यो युनिसेक्स स्कुटर ११० सीसीको छ । यो स्कुटर विभिन्न ७ कलरमा उपलब्ध छ । यसको मूल्य २ लाख ४५ हजार रुपैयाँ तेकिएको छ ।

नाडा अटो शोको अवसरमा यी बाइक र स्कुटरमा २० देअी ३० हजार रुपैयाँ छुट समेत उपलब्ध गराएको बताइएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here