जंगली हात्तीको आक्रमणबाट एक युवतीको मृत्यु

0
89
Ad_Article_Top
Share

असोज १, बिरगंज

पर्साको ठोरी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट नुवाकोट घर भएकी २३ बर्षिया रेजीना वाईवाको मृत्यु भएको हो ।

ठोरी गाउँपालिका वडा नं ३ शिकारीबास पुल नजिकै हात्तीको क्रमणबाट उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रमेश विष्टले जानकारी दिए । वाईबा ठोरीको–१ विजयबस्ती स्थित खाजा घरमा १ बर्षदेखि काम गर्दै आईरहेकी थिईन् ।
गर्मी छल्नका लागि राति कोठाबाट बाहिर निस्किएको समयमा उनलाई हात्तीले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here