पर्यटन दिवसको अवसरमा वीरगञ्जको लिंक रोडमा सरसफाई

0
449
Ad_Article_Top
Share

 वीरगञ्ज, ११ असोज
वीरगञ्जको घण्टाघरदेखि बसपार्कसम्म जोड्ने लिंक रोडको सरसफाई गरिएको छ । ३९ औं विश्व पर्यटन दिवसको अवसरमा सरसफाई गरिएको हो ।

वीरगञ्ज शहर पर्यटकीय नगर भन्ने नाराका साथ दिवसको अवसरमा होटल व्यवसायी, प्रहरी, पर्यटक प्रहरी, जनप्रतिनीधि, महानगरपालिकाका सरसफाई कर्मचारी, स्थानीय बासिन्दाहरु मिलेर लिंकरोडको सरसफाई गरेका हुन् ।


लिंक रोड विकास समिति, पर्यटक प्रहरी वीरगञ्जसंगको समन्वयमा होटल व्यवसायी संघ पर्साले सरसफाई कार्यक्रमको आयोजना गरेको थियो ।

२ दर्जन भन्दा बढी होटल तथा लजहरु भएको लिंकरोड क्षेत्रमा सरसफाईको अवस्था नाजुक रहनुको साथै सडक पनि जिर्ण रहेको होटल व्यवसायी संघ पर्साका महासचिव तवरेज आलम बताउँछन् ।

‘पर्यटन दिवसको अवसरमा एउटा सन्देश जाओस भनेर सरसफाई गरेका हौं, संघमा आवश्यक परामर्श पछि थप अन्य कार्यक्रमहरु अघि बढाउँछौं ।’ उनले भने ‘ वीरगञ्जलाई पर्यटकीय केन्द्र बनाउन सबै पक्षको सहकार्यको खाँचो छ ।’

होटल व्यवसायी संघ पर्सामा ३७ जना व्यवसायी आवद्ध छन् ।

यसैगरि पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले बाराको सिमरा विमानस्थलमा पर्यटकलाई स्वागत गरिएको छ । बिहान काठमाण्डुबाट सिमरा आएको बुद्ध एयरका यात्रुहरुलाई माला लगाउनुको साथै खादा लगाएर स्वागत गरिएको होटल व्यवसायी मोहन शर्माले जानकारी दिए ।
विश्व पर्यटन दिवसको अवसरमा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा जितपुर सिमरा उप महानगरपालिकाको आयोजनामा कार्यक्रम गरेको थियो ।

 

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here