वीरगञ्ज महानगरपालिकामा वेवारिसे शव फेला

0
271
Ad_Article_Top
Share

आश्विन १७, पर्सा ।

वीरगञ्ज महानगरपालिकामा वेवारिसे शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका वडा नं ६ महाविर मन्दिरको दक्षिणपट्टी एक पुरुष व्यक्तिको शव फेला परेको हो । राजेश जी भनिने ती व्यक्ति मागी खाने मान्छे रहेको स्थानीय बासिन्दाले बताएका छन् । मृतक भारतीय नागरिक भएको आशंका गरिएको भएपनि परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी निरीक्षक ज्ञान कुमार महतोले बताए । ५ फिट दुई इन्च उचाई भएका मृतकको हात र खुट्टामा व्यान्डेज लगाईएको छ । राति अत्याधिक मादक पदार्थ सेवन गरेका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here