ईरिक्सा पर्साको अध्यक्षमा दिपक सर्राफ चयन

0
382
Ad_Article_Top
Share

वीरगंज,असोज १९
वीरगंजमा संचालित ईरिक्साहरुको हक हित तथा बिकास सम्बन्धमा आज अन्र्तक्रिया तथा भेला सम्पन्न भएको छ । ईरिक्सा व्यवसायि दिपक सर्राफको अध्यक्षता तथा जिल्ला समन्वय समिती पर्साका अध्यक्ष नेक महम्दको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पुरी पिठ परिषदका पंडित पुरुषोत्तम दुवे,धर्मेन्द्र पटेल लगायतकाले धारणा राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण पब्लिक एन्टी क्रप्सनका केन्द्रिय सदस्य भुपेन्द्र पौडेलले गर्नुभएको थियो । यसैगरी आजै सम्पन्न भेलाले ई रिक्सा पर्साको अध्यक्षमा एन्टीक्रप्सन पर्साका अध्यक्ष दिपक सर्राफलाई चयन गरेको छ । पर्सा अटो एण्ड ई रिक्सा प्रा.लि अन्र्तगत संचालित ईरिक्साहरुको भेलाले सर्राफको अध्यक्षतामा १३ सदसीय समिती गठन गरेको छ । नव गठित समितीको उपाध्यक्षमा शेष जुनेद, सचिव अमिताभ राउत कुर्मी, सह सचिव रंजित शर्मा, कोषाध्यक्ष जगदिश स्वर्णकार, सह कोषाध्यक्ष दुर्गा प्रसाद चौधरी, नससरोदिन सिद्धिकि, गणेश महतो नागेन्द्र ठाकुर, सुनिता देवी, सागर बाडिया, जफर अंसारी लगायत रहेका छन । यसैगरी भेलाले प्रदिप राउत कुर्मी, शेष राजु, भुपेन्द्र पौडेल र धर्मेन्द्र पटेललाई सल्लाहकारमा चयन गरेको छ । कार्यक्रम छपकैया छठघाट पोखरीमा सम्पन्न भएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here