वैरिया बिर्तामा दलित र गैर दलित समुदायद्वारा फुलपातीको डोला भित्राइयो

0
402
Ad_Article_Top
Share

वीरगंज, असोज ३०
पर्साको पोखरीया नगरपालिका वडा नं. ९ वैरियबिर्तामा आज दलित र गैरदलित समुदायले संयुक्त रुपमा फुलपातीको डोला भित्राएका छन । दुर्गापुजाको सातौं दिन फुलपातीको दिन दलित र गरैदलित दुवै समुदायका मानिसहरुले संयुक्त रुपमा डोला भित्राएका हुन । समाजबाट छुवाछत तथा भेदभाव अन्त्य गर्न संयुक्त डोला निकालिएको स्थानिय संजिव मिश्रले जानकारी दिनुभयो । मिश्राले यसबर्ष देखि गाँउमै दलित र गैर दलित समुदायका मानिसहरुको सहयोगमा दुर्गा पुजाको आयोजना गरिएको जानकारी दिनुभयो । साथै दश दिन सम्म दुवै समुदायका मानिसहरु मिलेर पुजा गर्ने मिश्रले जानकारी दिनुभयो । पुजामा उमरावती देवी कुर्मी, सितादेवी कुर्मी, ललिता देवी राम लगायत बस्नुभएको छ । पुजा समितीमा बलिराम मुखिया बिन, सिकेन्द्र राम, मोटर राम , राम कुमार पटेल, ओमप्रकाश मुखिया ,धर्मेन्द्र पटेल, राजेश पटेल लगायत रहनुभएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here