मुडलीमा ६ कठा खेतको धान लुटपाट

0
385
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,मंसिर ३
पर्साको कालिकामाई गाँउपालिका वडा नं. १ मुडलीका स्थानिय स्व. शिवनाथ प्रसाद चौरसियाका छोरा कपिलदेव प्रसाद चौरसियाले आफनो ६ कठा खेतको धानबाली लुटपाट गरेको आरोप लगाउनुभएको छ । पिडित चौरसियाले आफनो खेतको धान स्थानिय वृजमोहन राउत, रामबालक राउत,रामराज राउत,मिश्रि राउतका घरपरिवारले कार्तिक १९ गते धान लगेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय पर्सा , जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पोखरीयामा लिखित उजुरी गर्दा समेत प्रहरी प्रशंसानले चासो नलिएको पिडित चौरसियाले जानकारी दिनुभयो । यता ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक मच्छेन्द्र केसीले आफुहरु समस्या समाधान गर्न लागि परेको बताउदै जग्गा स्वामित्वको बिवाद अदालतले समाधान गर्ने बताउनुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here