पर्साबाट ६ जुवाडे पक्राउ

0
296
Ad_Article_Top
Share :
meropathsala.com

बीरगंज ६ मंसीर
पर्साको सखुवाप्रसौनी गाउँपालिकाबाट प्रहरीले बुधबार राति ६ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले बहुदरमाई नगरपालिका वडा नं ५ पटनीका १९ बर्षिय दीपनरायण महतो, सखुवाप्रसौनी गाउँपालिका वडा नं ६ लखनपुरका ३५ बर्षिय मुखतार मियाँ, २५ बर्षिय जोखु राउत, सखुवाप्रसौनी गापा वडा नं नम्बर ५ बलुवा निवासी ५४ बर्षिय रामगुलाम प्रसाद यादव, सखुवाप्रसौनी गाउँपालिका वडा नं ५ महुवन बस्ने ३८ बर्षिय जयराम राउत र सखुवाप्रसौनी–५ बलुवाका २६ बर्षिय दिनेश रामलाई जुवाको खालबाटै पक्राउ गरेको हो । सखुवाप्रसौनी गाउँपालिका वडा नं ५ बलुवा स्थित जलान्धर यादवको घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मान बहादुर राईले जानकारी दिए । जुवा खेलिरहेको स्थानबाट प्रहरीले २८ हजार ७ सय ५ रुपैयाँ नगद, १६ थान कौडा, २ थान मोबाईल समेत बरामद गरिएको उनले बतनाए । उनीहरुलाई जिल्ला प्रहरी कर्यालय पर्साको हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here