बिरगंज, ७ मंसिर
वीरगञ्जमा यहाका उद्योगी—व्यापारी तथा व्यावसायीहरुले समाजिक क्षेत्रमा गरेको लगनी बेफवांकमा परिणत हुन थालेपछि निरास भएका छन् । विभिन्न विद्यालय तथा समाजिक क्षेत्रका विभिन्न स्थानमा गरेको लगानी विस्तारै संरक्षण र परिभाषित काममा प्रयोग नभएपछि अब भने थप दान गरेर मन कुंडाउन हुन्न भन्ने पक्षमा दाताहरु रहेको समाचार प्राप्त हुन आएको छ ।
त्यसमध्ये आजभन्दा झण्डै ५ वर्ष अघि १० लाख भन्दा बढी लगानी गरेर वीरगञ्ज कारागारमा रहेको कैदी बन्दीहरुको लागि स्वास्थ्य उपचारमा सहयोग पुगोस भनेर निर्माण गरेको आचार्य तुलसी स्वास्थ्य उपचार केन्द्र अहिले प्रहरी बस्ने व्यारेकमा परिणत हुदा दाताहरु निरास भएको समाचार प्राप्त हुन आएको छ ।
२०७१ सालमा तत्कालिन नेपाल सरकार मुख्य सचिव लिलामणी पोडैलले शिलान्यास गरी सोही बषैका फागुन ३० गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधीले उद्घाटन गरेको उपचार केन्द्रमा अहिले कुनैपनि प्रकारको स्वास्थ्य उपचार नभएर प्रहरी बस्ने व्यारेक बनेको पाइएपछि अन्य क्षेत्रमा दान गरेका दाताहरु समेत अब थप लगानि नगर्ने मनसायमा पुगेका हुन् ।
स्वर्गीय नथमल हनुमानी देवी बैद्यका सुपत्रहरु क्रमशः कन्हैयालाल, प्रदीप कुमार, अशोक कुमार, राजकुमार र बिजय सिंह बैद्यले आफ्नो बुवा आमाका स्मृतिमा निर्माण गरेको उक्त उपचार केन्द्रमा उद्घाटन लगत्तै केदी बन्दीहरुको स्वास्थ्य परिक्षण गर्नुपर्ने भएपनि त्यसको निरन्तरता नभएपछि दाताहरु आक्रोशित समेत बनेको समाचार प्राप्त हुन आएको छ ।