सोनाक्षी सिन्हा सिद्धार्थ रोय कपूरको प्रेममा, वरुण धवनले भाउजू भन्दै कमेन्ट गरे

0
86
Ad_Article_Top
Share

 

बिरगंज, २८ मंसिर
बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको केही समय अघि फिल्म ‘ह्याप्पी फिर भाग जाएगी’ प्रदर्शन भएको थियो ।

अहिले तिनै सोनाक्षी सिन्हा उनको प्रेम सम्बन्धका कारण चर्चामा आएकी छिन् । सोनाक्षी सिन्हाको नाम यस अघिसम्म सलमान खानका भाई सोहेल खानकी श्रीमती सीमा खानका भाई बन्टी सचदेवासँग जोडेर खबरहरु आएका थिए ।

सोनाक्षी सिन्हा र बन्टी सचदेवाले आफूहरुको सम्बन्धबारेमा खुलेर केही नभने पनि धेरै जसो समय यी दुवैले सँगसँगै समय बिताउने गरेका थिए । तर केही दिन अघि यी दुवैबीच ब्रेकअप भएको खबर सार्वजनिक भएको थियो ।

अहिले अभिनेत्री सोनाक्षी सिन्हाको नाम अभिनेता सिद्धार्थ रोय कपूरका साथ जोडेर खबरहरु आइरहेका छन ।

केही दिनअघि अभिनेत्री आलिया भट्टले करण जोहरको चर्चित शो ‘कफि विद् करण’ मा यस शो मा अभिनेत्री सोनाक्षी सिन्हा र आदित्य रोय कपूरलाई बोलाइनु पर्छ भनेकी थिइन ।

अहिले फेरी अर्का अभिनेता वरुण धवनले सोनाक्षी सिन्हाको इन्स्टाग्रामको एक तस्बिरमा भाउजू भन्दै कमेन्ट गरेर सोनाक्षी र आदित्य एकअर्कालाई डेट गरिरहेकोतर्फ इशारा गरेका छन् ।

सोनाक्षीले ‘चुप लाग’ भनेर जवाफ गरेकी छिन ।

सोनाक्षी सिन्हा र आदित्य रोय कपूर करण जोहरको फिल्म ‘कलंक’ मा एकसाथ देखिनेछन् । आदित्य रोय कपूरले सन् २००९ मा फिल्म ‘लण्डन ड्रिम्स’ बाट बलिउडमा डेब्यु गरेका थिए भने उनले फिल्म ‘अशिकी २’ र ऐ जवानी हे दिवानी’ ‘फितुर’ जस्ता फिल्ममा काम गरिसकेका छन ।

अभिनेत्री सोनाक्षी सिन्हाले सन् २०१० मा सलमान खानको फिल्म ‘दबंग’ बाट बलिउड डेब्यू गरेकी हुन ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here