दोषी चालकलाई कारबाहीको माग गर्दै वीरगञ्ज पोखरीया सडक खण्ड अवरुद्ध

0
495
Ad_Article_Top
Share :

वीरगंज,पुस ६,संजिव मिश्र
सवारी दुर्घटनाका दोषी चालकलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले आज वीरगञ्ज पोखरीया सडक खण्ड पाँच घण्टा अवरुद्ध पारेका थिए । पर्साको पोखरीया नगरपालिका वडा नं ९ बैरिया विर्ता चोकमा उनीहरुले बिहानैदेखि टायर बालेर प्रदर्शन गरेका थिए । मृतकका बुवा शम्भु मुखिया विनको नेतृत्वमा प्रदर्शनकारीहरुले सडकमा टायर बालेर प्रहरी प्रशासनको विरोधमा नाराबाजी समेत गरेका थिए । मंसिर १८ गते वीरगञ्ज पोखरिया सडकखण्डमा मोटरसाईकल र म्याजिक भ्यान ठोक्किदा पोखरीया नगरपालिका वडा नं ९ बस्ने २४ बर्षिय राम नारायण मुखियाको मृत्यु भएको थियो । शुरुमा प्रहरीले वीरगञ्ज रामगढवाका आरिफ मियाँले भ्यान चलाएको बताएको थियो । पछि हरि नारायण साह तुराहाले भ्यान चलाएको पत्ता लगाएर मृतकका आफन्तले उनी विरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले तुराहालाई समातेर एक रात ईलाका प्रहरी कार्यालय पोखरीयामा राखेको पनि थियो । तर भोलिपल्ट छोरा दिपक साह तुराहालाई समातेर प्रहरीले दोषी तुराहालाई छोड्न खोजेको आरोप मृतकका आफन्तले लगाएका छन् । यता जाहेरी परेका व्यक्तिलाई नै पक्राउ गरी कारवाही गरिने प्रहरीले प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित भएको छ । प्रहरी र आन्दोलनकारी बिच आन्दोलन स्थलमै भएको बार्ता सकारात्मक भएपछि आन्दोलन स्थगित गरिएको मृतकका वुवा शम्भु मुखिया बिनले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here