नेकपा निकट शिक्षकहरुको भेला ईटियाहीमा सम्पन्न,

0
220
Ad_Article_Top
Share

वीरगंज,पुस ७

पर्साको विन्दवासनी गाँउपालिका वडा नं. ३ ईटियाहीमा आज नेकपा निकट शिक्षक तथा कार्यकर्ताहरुको भेला सम्पन्न भएको छ । भेलाले अगामी १४ गते हुन लागेको नेपाल शिक्षक महासंघको निर्वाचनको बारेमा वृहत छलफल गरेको छ । पुर्व सांसद एवं नेकपाका नेता राजकुमार गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा नेकपा निकट नेपाल शिक्षक संगठनको उम्मेदवारहरुलाई जिताउन छलफल भएको छ । भेलालाई सम्बोधन गर्दै पुर्व सांसद गुप्ताले बिन्दवासनी गाँउपालिकाको शिक्षक संगठनको तर्फबाट उम्मेदवार बनेका धर्मेन्द्र चौवेलाई जिताउन शिक्षक र स्थानिय अगुवाहरुलाई जोरतोडले लाग्न निर्देशन दिनुभयो । लक्ष्मण चौरसियाको अध्यक्षतामा बसेको बैठकमा प्रदेश कमिटी सदस्य तेजप्रकाश निसाद,प्रमोद तिवारी,पशुराम यादव,बिन्धयाँचल ठाकुर,हनिफ मियाँ ,गम्भिरा साह,रामाधार मुखिया, उमेश चौरसिया,वडा अध्यक्ष संजय चौहान ,सगिर मियाँ,धिरज चौरसिया,धर्मेन्द्र चौवे,अशोक गुप्ता रामजी चौहान लगायतको शिक्षकहरुको सहभगिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here