नेकपाको पोखरीयामा अगुवा कार्यकर्ता भेला सम्पन्न ,शिक्षक महासंघको चुनाव जित्ने गरी काम गर्न पुर्व सांसद गुप्ताको आग्रह

0
305
Ad_Article_Top
Share

वीरगंज, पुस १०
यहिपुस १४ गते हुन लागेको शिक्षक महासंघको चुनावको मध्यनजर गर्दै आज नेकपाको अगुवा कार्यकर्ता भेला पोखरीयामा सम्पन्न भएको छ । नेकपा निकट नेपाल शिक्षक संगठनका उम्मेदवारहरुलाई बिजय गराउन पोखरीयामा सो भेला सम्पन्न भएको हो ।नेकपाका पोखरीया नगर अध्यक्ष भगवान प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व सांसद एवं नेकपाका नेता राजकुमार गुप्ताले शिक्षक महासंघको चुनावको मत परिणाम आफनो पक्षमा पार्ने गरी काम गर्न अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले स्थानिय र जिल्ला तहको लागि हुन लागेको चुनावमा नेकपाको वर्चस्व स्थापित गराउन जोडजोडले लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा पुर्व सांसद प्रद्युम्न चौहान, स्थानिय नेता रामबाबु बैठ, हृदेश चौहान, बिन्याँचल ठाकुर ,अशोक गुप्ता, बिनोद कर्ण, पारस ठाकुर ,हरिन्द्र दास पन्नालाल पटेल , रामबच्न साह,पारस साह,बंका कुर्मी,कौशल किसोर साह गोंड,सुमित साह गोंड राम अयोध्या राउत,रामेश्वर चौहान,संतोष पुरी,शिवबालक गुप्ता लगायतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here