पर्साको बिन्दवासनी गाँउपालिकामा बालबालिकाको शिक्षा बारे छलफल

0
68
Ad_Article_Top
Share

वीरगंज, पुस ११, संजिव मिश्र
पर्साको बिन्दवासनीमा आसमा नेपालले बालबालिकाको शिक्षाको बारेमा छलफल गरेको छ । बिद्यालयबाट बाहिर रहेका बालबालिकाहरुलाई नौ महिना कक्षा संचालन गरी बिद्यालय भर्ना गराउने कार्यक्रम रहेको आसमा नेपालका मन्जु राउतले जानकारी दिनुभयो । बिद्यालय व्यवस्थापन समिती नभएको ठाँउमा यथाशिघ्र बिद्यालय व्यवस्थापन समिती गठन गरी बालबालिकालाई शिक्षाबाट बञ्चित नहुने गरी निति नियम बनाउन र बजेट बिनयोजन गर्न आग्रह गर्नुभयो । सो कार्यक्रममा उपाध्यक्ष किरण देवी गुप्ताले बालबालिकाहरुलको लागि बाल मैत्रि कक्षा संचाल्न गर्नको लागि २०७४/७५मा २५ लाख बजेट बिनयोजन भएको जानकारी दिनुभयो । गुप्ताले अभिभावक र प्रधानाध्यापक ईमान्दारीपुर्वक काम गरे चाडैने शिक्षाको बिकाश हुने बताउनुभएको थियो । कार्यक्रममा जनप्रतिनिधीहरुले छिटै नै निति नियम बनाई बालबालिको शिक्षाको लागि लागिपर्ने बताउनुभएको थियो । कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष सगिर मियाँ,दुई नम्बरका वडा अध्यक्ष संजय प्रसाद चौहान, ३ का शलमा खातुन ,४ का अनुज चौरसिया, ५ का सुकदेव यादव, वोर्ड सदस्य रामाधार मुखिया , रामचन्द्र चौरसिया, न्यायिक समिती सदस्य मुकेश साह ,समाजिक बिकाश अधिकृत रामप्रवेश साह, बबलु गुप्ता,हनिफ मियाँ, स्थानिय जनप्रतिनिधि र कर्मचारी लगायतको असमा नेपालका रीता साह, बिदेशी नागरिक फरलाई र रोलफको उपस्थिती रहेको मन्जु कायस्थले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here