पुस २४ गते देखि वीरगंजमा ईण्डो नेपाल भारत तेक्यान्दाो प्रतियोगिता हुने

0
80
Ad_Article_Top
Share

वीरगंज, पुस १४
वीरगंजको आर्दशनगर स्थित टाउन हलमा यहि पुस २४गते देखि वीरगंज ईन्डो नेपाल भारत तेक्यान्दो च्याम्पियनशिप प्रतियोगिता हुने भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आज पत्रकार सम्मेलन गरी कार्यक्रमका संयोजक शिवशंकर पटेलले जानकारी दिनुभएको हो । पुस २६गते सम्म संचाल्न हुने प्रतियोगितामा भारतका ८ टिम ,नेपालका सात प्रदेश, नेपाली सेना, एपिएफ पुलिस र संयोजक टिम गरी १९ वटा टिमको सहभागिता रहने छ । प्रतियोगितालाई डब्लु एफ र पिएसएस ईलेक्ट्रोनिक सिस्टमा खेलाईने संयोजक पटेलले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई बाह्र हजार पाँच सयका दरले र प्रथम,दोस्रो र तेस्रो हुने टिमलाई २५ हजार, १५ हजार र १० हजारका दरले नगद पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा करिव २२ लाख खर्च हुने पत्रकार सम्मेलन मार्फत जनाइएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here