निमय बिपरित संचाल्नमा रहेको ड्राईभिङ्ग ट्रेनिङ्ग सेन्टरलाई कारवाही गर्न केन्द्रिय सदस्य अकलेश साहको माँग

0
420
Ad_Article_Top
Share

वीरगंज, पुस २६
ड्राईभिङ्ग स्कुल संघ नेपालले मापदण्ड विपरित ड्राईभिङ्ग ट्रेनिङ्ग सेन्टरको लाईसेन्स नविकरण गरेको भन्दै आज ध्यानाकर्षण गराएको छ । संघका केन्द्रिय सदस्य अकलेश साह कानुले आज कार्यालय शाखा अधिकृत रोहित कोइरालालाई कारवाही गर्न माँग गर्दै ज्ञापन बुझाएको हो । ज्ञापन पत्र बुझाउदै केन्द्रिय सदस्य अकलेश साहले नारायणी अञ्चल भरीमा रहेको ड्राईभिङ्ग ट्रेनिङ्ग सेन्टरहरु नविकरण नभएको, ट्रायल सेन्टर नभएको , कार्यालय नभएको र यातायात व्यवस्था बिभाग बाट स्वीकृत नलिई संचाल्नमा रहेको ड्राईभिङ्ग सेन्टरहरुलाई अभिलम्ब कारवाही गर्न मागँ गर्नुभएको हो ।साहले यातायात कार्यालयले गैर कानुनी तरिकाले संचाल्नमा रहेको ड्राईभिङ्ग सेन्टरहरुलाई कारवाही नगरे आन्दोलन गर्ने चेतावनी दिनुभयो । यता शाखा अधिकृत कोईरालाले यसबारे अनुसन्धान गरिने र दोषि पाईए कारवाही गर्ने बताउनुभयो । सो अवसरमा संघमा आवद्ध रहेको श्यामशरण क्षेत्रि, दिपक श्रेष्ठ, बिमल अधिकारी,गौरव क्षेत्रि,रमेश देवकोटा ,कृष्णा कुमार तमाङ्ग लगायतको उपस्तिथी रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here