वीरगंज, पुस २७,संजिव मिश्र
पर्साको बिन्दवासनी गाँउपालिका वडा नम्बर १ गर्दौलमा खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम अन्र्तगत वडा स्तरीय समन्वय समितीको बैठक सम्पन्न भएको छ । वडा अध्यक्ष सगिर मियाँको अध्यक्षतामा सम्पन्न बैठकले वडालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नका लागि सक्रिय रुपमा लाग्न आग्रह गर्नुभएको थियो । बैठकले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नको लागि वडामा माईकिङ्ग गर्ने, जनचेतना रयाली निकाल्ने , अनगुमन र १५ दिन पछि वडाका सम्पुर्ण सिफारिसहरु बन्द गर्ने निर्णय गरेको छ । बैठकमा वडा सदस्य नरेश मुखियाँ, प्रजापति महतो कोईरी, फुलमती देवी राम, सगान्धि देवी, बिद्यालयका प्रधानाध्यापक रामचन्द्र प्रसाद यादव, शिक्षक जंगबहादुर वैठा,प्रहरी चौकी प्रसौनी भाठाका जयशरण राम, स्वास्थ बिमाका अरुण राउत कुर्मी,पशु कार्यालयका बद्री पासवान लगायतको सहभागिता रहेको बिन्दवासनी गाँउपाकिालका समाजिक बिकाश प्रमुख रामप्रवेश साहले बताउनुभयो ।बैठकमा सहभागिहरुलाई हर्पिक, ब्रस र साबुन बितरण गरिएको थियो ।
Home प्रदेश / स्थानिय गर्दैलमा खानेपानी तथा स्वच्छता समितीको बैठक सम्पन्न,खुला दिशामुक्त क्षेत्र घोषणा गर्न बिभिन्न...