त्रिभुवन आर्मी दोस्रो विशाल स्मृति गोल्डकपकोे उपाधि उचाल्न सफल ।

0
104
Ad_Article_Top
Share

विभागीय टोली त्रिभुवन आर्मीले दोस्रो विशाल स्मृति गोल्डकपकोे उपाधि उचालेको छ । नारायणी ंरंगशालामा भएको फाईनल खेलमा हिमालयन शेर्पालाई हराउँदै आर्मीले दोश्रो उपाधी पनि उचालेको हो । आर्मीले उपाधीसँगै ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र शिल्ड हात पारेको छ भने उपविजेता हिमालयन शेर्पाले २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पाएको छ । निर्धारित समयमा दुवै टिमले एक÷एक गोलको बराबरी गरेपछि खेल टाईबे्रकरबाट निर्णय लिएको थियो । तर पहिलो टाईब्रेकरमा पनि बराबरी भएपछि दोश्रो टाइब्रेकरमा एकका विरुद्ध दुई गोलबाट त्रिभुवन क्लब नेपाल आर्मी बिजयी भएको हो । हिजोको फाइनल खेलमा हिमालयन शेर्पाका विश्वास श्रेष्ठले पहिलो हाफमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा आर्मीका सन्तोष तामाङले जवाफी गोल फर्काएका थिए । निकै प्रतिश्पर्धात्मक र रोमाञ्चक बनेको खेल हेर्न नारायणी रंगशालामा दर्शकहरुको भिड लागेको थियो । खेलको अन्तिमतिर हिमालयन शेर्पाका विदेशी ड्याडी वामाले आर्मीका सेसाङ लिम्बुलाई फल गरेपछि रातो कार्ड पाएका थिए । हिमालयन शेर्पा १० खेलाडीमा सिमित भएपनि आर्मीलाई गोल गर्न दिएन् । त्यसपछि ट्राईब्रेकरमा ५÷५ जना खेलाडीले पेनाल्टी हान्दा पनि चार÷चार गोलको बराबरी भयो । ३÷३ गोलको पेनाल्टीमा त्रिभुवन आर्मी दुई गोल गर्न सफल भयो भने हिमालय शेर्पा एकगोल मिस गरेपछि उपाधी चुम्नबाट बञ्चित रह्यो । हिमालयन शेर्पाका विश्वास श्रेष्ठ म्यान अफ दि टुर्नामेन्ट बन्न सफल भए । उनले सुजुकीको जिक्सर हात पारे । वेष्ट गोल किपर आर्मीका विकेश कुथुले नगद १५ हजार पुरस्कार पाए । आर्मीका दिपक गुरुङ वेष्ट डिफेन्डर, आर्मीकै सन्तोष तामाङ वेष्ट मिड फिल्डर, आर्मीकै नविन न्यौपाने वेष्ट कोच हुन सफल भए । हिमालयनका विश्वास श्रेष्ठ नै वेष्ट स्ट्राईकर बन्न सफल भए । विजयी र उपविजयीलाई सांसद प्रदीप यादवले नगद, शिल्ड र प्रमाणपत्र वितरण गरेका थिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here