अमरपट्टी फागुन पहिलो हप्ता खुला दिशामुक्त क्षेत्र घोषणा हुने

0
327
Ad_Article_Top
Share

वीरगंज, माघ ८ संजिव मिश्र
पर्साको बिन्दवासनी गाँउपालिका वडा नं. ४ अमरपटीमा वडा स्तरीय खानेपानी तथा स्वच्छता समन्वय समितीको बैठक सम्पन्न भएको छ । वडा अध्यक्ष एवं स्वच्छता समन्वय समितीका अध्यक्ष अनोज प्रसाद चौरसियाको अध्यक्षतामा सम्पन्न बैठकले चर्पी नभएका घरपरिवारको सम्पुर्ण सेवा रोक्का गर्ने ,खुल्ला ठाँउमा शौच गर्नेलाई पाँच सय देखि दुई हजार सम्मको जरिवाना लिने,प्रचार प्रसार, चर्पी भएको घरमा कार्ड बितरण गर्ने , अति बिपन्नको लागि शौचालय निर्माणको लागि सहयोग गर्ने लगायतको निर्णय गरेको छ । बैठकमा वडा सदस्य मुकेश साह कानु, हरिन्द्र प्रसाद चौरसिया, रुवाबजा खातुन, सरस्वती देवी, सशस्त्र प्रहरीका सुकरबहादुर रानाभाटा ,प्रधानाध्यापक कन्हैया प्रसाद साह, अमर बहादुर साह,प्रहरी चौकी अमरपटीका भुपेन्द्र प्रसाद चौधरी , समाजिक बिकाश प्रमुख रामप्रवेश साह,स्वास्थ्य चौकीका जगंबहादुर प्रसाद चौरसिया ,वास संयोजक राजेश यादव,कार्यालय सहायक गिता कुमारी साह लगयातको सहभागिता रहेको थियो । वडालाई फागुन पहिलो हप्ता खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिने वडा अध्यक्ष चौरसियाले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here