नेवि संघ क्षेत्र नम्बर १ द्वारा ठाकुरराम क्याम्पसमा वृहत सरसफाई

0
256
Ad_Article_Top
Share

वीरगंज, माघ १४
नेपाली काग्रेस निकट नेवि संघले आज वीरगंज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा वृहत सरसफाई गरेको छ । सरस्वती पुजाको उपलक्ष्यमा नेवि संघ क्षेत्र नम्बर १ ले क्याम्पसमा वृहत सरसफाई गरेको हो । क्षेत्रिय सभापति देवप्रकाश पटेलको अध्यक्षता एवं युवा नेता धर्मेन्द्र पटेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पटेलले नेवि संघले क्याम्पसको सफाई संगै यस भित्र रहेका विकृतीहरुको पनि सफाई गर्दै लैजाने बताउनुभयो । उहाँले सफाई अभियानलाई अझ वृहत बनाएर सफाई प्रति जनलहर फैलाउने जानकारी दिनुभयो । ठाकुराराम बहुमुखी क्याम्पसमा नेवि संघको योगदान एतिहासिक भएको बताउदै नेता पटेलले क्याम्पसमा हुने हरेक क्रियाकलापमा नेवि संघले नेतृत्वदायि भुमिका निर्वाह गर्ने बताउनुभयो । यसैगरी क्षेत्रिय सभापति देव प्रकाश पटेलले सफाई अभियानलाई निरन्तरता दिने बताउनुभयो । उहाँले नेवि संघले समय मिलाएर अन्य क्याम्पस,बिद्यालय र सार्वजनिक स्थलहरुको पनि सफाई गर्ने जानकारी दिनुभयो । परिर्वतन र बिकाशको लागि नेवि संघ सदैव तयार रहेको बताउदै आउने दिनमा पनि ठाकुररामको शैक्षिक सुधार एवं वृहत बिकाशको लागि काम गर्ने बताउनुभयो । कार्यक्रममा नेवि संघका केन्द्रिय सदस्य सुधिर पटेल, युवा नेता विश्वास दिवेदि,दिलिपराज कार्की,मनोज साह, अनिल पटेल,राज चौरसिया,समिर मंसुर,पुरुषोत्तम दुवे ,बाबुनन्द पटेल,सुरज पटेल,प्रभात सिंह लगयतको सहभागिता रहेको थियो । कार्यक्रम पश्चात सफाई समाग्रीहरु क्यापसलाई हस्तान्तरण गरिएको क्षेत्रिय सभापति देव प्रकाश पटेलले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here