मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको प्रदेश स्तरीय अधिवेशन कलैयामा शुरु

0
199
Ad_Article_Top
Share

कलैया, माघ २५, अजय यादव वियोगी
मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको प्रदेश स्तरीय अधिवेशनको उद्घाटन सत्र कलैयामा सम्पन्न भएको छ । बाराको कलैया स्थित जानकी हलमा प्रदेश नम्बर २ को उद्दघाटन सत्र सम्पन्न भएको हो ।मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश नम्बर(२ का संयोजक जयकुमार गोईतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संघिय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष ,उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव रहनु भएको थियो ।विशिष्ट अतिथहरुमा प्रदेश नम्बर २ का मुख्यमन्त्री .लालबाबु राउत गद्दी ,प्रदेश नम्बरका अर्थ राज्यमन्त्री उषा यादव , संघिय समाजवादी फोरम नेपालका महासचिव एवम् सांसद रामसहाय प्रसाद यादव , लगायतकाले धारणा राख्नुभएको थियो । अधिवेशनमा प्रदेश नम्बर २ का आठ जिल्लामा रहेका मधेशी स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।दुई दिन सम्म चल्ने अधिवेशनमा आज उद्दघाटन सत्र सम्पन्न भएको छ ।भोलि बन्द सत्र हुने मधेशि स्वास्थय फोरमका बालकिशोर यादवले जानकारी दिएका छन । कार्यक्रममा प्रदेश सभासदस्य बच्चा प्रसाद यादव ,जनत अंसारी, पारस साह ,फोरमका कार्यवाहक जिल्ला अध्यक्ष अजय पटेल ,फोरमका नेता प्रयाग राय यादव रहनु लगायतको सहभागिता थियो । अधिवेशनमा दुई हजार भन्दाबढी प्रतिनिधिको सहभागिता रहने हाम्रा सहकर्मी अजय यादव वियोगीले जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here