एभरेष्ट हेल्थ केयर ग्रुपद्वारा ४ थान ट्राफिक संकेत साईनबोर्ड हस्तान्तरण

1
183
Ad_Article_Top
Share

बिरगंज, माघ २६
एभरेष्ट हेल्थ केयर ग्रुपले ट्राफिक प्रहरीलाई ४ थान ट्राफिक संकेत साईनबोर्ड हस्तान्तरण गरेको छ । ग्रीन सिटी सामुदायिक सेवाकेन्द्र र प्रहरी सेवा केन्द्रको समन्वयमा समुदाय–प्रहरी साझेदारी अन्तर्गत एभरेष्ट हेल्थ केयर ग्रुपले ‘ट्राफिक बेरिकेड्स’ हस्तान्तरण गरेको हो ।

एभरेष्ट हेल्थ ग्रुपले आज बिहान आदर्शनगर स्थित  ग्रिन सिटी समुदायिकको कार्यालयमा प्रवेश निषेध, हर्न निषेध, पार्किङ निषेध लेखिएको ४ थान ट्राफिक साईनबोर्ड हस्तान्तरण गरेको थियो । वीरगञ्जको ट्राफिक व्यवस्थापनमा सहयोग पुगोस भन्ने उद्देश्यले ट्राफिक प्रहरीलाई “ट्राफिक बेरिकेड्स’ प्रदान गरिएको एभरेष्ट हेल्थ ग्रुपका उमंग रानासरियाले जानकारी दिनुभयो ।

यसअघि एभरेष्ट हेल्थ केयर ग्रुपले ट्राफिक प्रहरीलाई एलईडि टिभी हस्तान्तरण गरेको थियो । हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले समुदायमा परिवर्तन ल्याउन समुदाय नै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रहरीले आवश्यक सहयोग गर्ने बताउँदै परिवर्तनको अभियानमा लाग्न सबैसँग आग्रह गर्नुभयो ।

ग्रिन सिटि सामुदायिकका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी नायब उपरीक्षक मान बहादुर राई, ट्राफिक प्रहरी निरीक्षक राज कुमार सिंह, प्रहरी निरीक्षक निशान थापा लगायतको उपस्थिति रहेको थियो ।

Ad_Article_Bottom

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here