राष्ट्रिय युवा नेतृत्व कार्यक्रमका लागि पोखरियाको उपमेयर सल्मा खातुन छनौट

0
178
Ad_Article_Top
Share

वीरगञ्ज, माघ २६,
पर्साको पोखरीया नगरपालिकाकी उपमेयर सल्मा खातुन नेपाली ईमरजिङ लिडर्स प्रोगाम २०१९ का लागि छनौटमा पर्नुभएको छ । लीडरशीप एकेडेमी काठमाण्डौं र अमेरिकाको युनिभर्सिटी अफ सान डिएगोक्रक स्कूल, र क्रक इन्स्टिच्युट फर पीस एण्ड जस्टिस (University of San Diego, Kroc School & Kroc Institute for Peace and Justice (IPJ) को संयुक्त आयोजनामा सञ्चालित राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम (Nepali Emerging Leaders Program 2019) को दोस्रो शैक्षिक सत्रका लागि उपमेयर खातुन छनोट हुनुभएको हो ।

कार्यक्रम मार्फत विशेषज्ञ, स्थापित राजनीतिज्ञ-विज्ञको अनुभव, मार्गदर्शन, सहयोग तथा सिफारिसले युवा नेताहरुलाई छोटो समयमा मूलधारमा पुग्नलाई उत्प्रेरणा जगाउने गरिएको छ । भविष्यमा देशकै नेतृत्व गर्न सक्ने युवा नेतृत्व तयार गर्ने लक्ष्य राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमले लिएको छ ।

अध्ययनका दौरान हुने अन्तरक्रिया, अनुभव आदान प्रदान तथा अग्रजहरुबाट प्राप्त हुने ममा नेतृत्व क्षमतामा विकास भएको उपमेयर सल्मा बताउनुहुन्छ । ‘अधिकांश युवा नेतृत्वमा प्रतिस्पर्धा गर्नका लागि आत्मविश्वासको कमी छ । यस्तो कार्यक्रमले आत्मविश्वास वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्छ ।’ उहाँले भन्नुभयो ‘कार्यक्रममा सहभागी भएपछि अरुको विचार सुन्ने, अर्को क्षेत्रको ज्ञान हाँसिल गर्ने, हरेक कुरालाई वृहत र सकारात्मक रुपले हेर्ने प्रेरणा मिलेको छ ।’ आरोप प्रत्यारोप गर्ने नभई अरुको पनि विचार सुनेर सहीलाई सही र गलतलाई गलत भन्ने क्षमताको विकास कार्यक्रममा सहभागी भएपछि भएको अनुभव उपमेयर खातुनको छ ।

देशका जटिल तथा चुनौतीपूर्ण समस्या समाधानमा कार्यक्रमले तयार गरेको विशेष समूहको भूमिका हुने र यस समूहले स्थानीय, प्रदेश र संघिय सरकार सँगसँगै अन्य सरोकारवालाहरुसँग सहकार्य गरी उदाहरणीय कार्य गर्ने आयोजकको दावी छ ।

पत्रकारितामा लामो समय सक्रिय रहेकी सल्मा खातुन स्थानीय तहको निर्वाचन ताका मात्रै राजनीतिमा प्रवेश गर्नुभएको हो । उहाँसँग स्थानीय एवं राष्ट्रिय सञ्चार माध्यमहरुमा एक दशकभन्दा बढी र सामाजिक संस्थामा समेत काम गरेको अनुभव छ । पर्साको पोखरीया नगरपालिकामा संंघीय समाजवादी फोरमको तर्फबाट उपमेयरको रुपमा निर्वाचित सल्मा पार्टीको जिल्ला कमिटि एवं महिला फोरमको प्रदेश कमिटि सदस्य हुनुहुन्छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here