वीरगञ्जमा पहिलो पटक नेपाली युनिभर्सिटीसँग आवद्ध क्याम्पसहरुको शैक्षिक मेला हुँदै

0
122
Ad_Article_Top
Share

२६ माघ, वीरगञ्ज
वीरगंजमा स्वदेशमै उच्च शिक्षा लिन चाहने विद्यार्थीहरुलाई लक्षित गरेर शैक्षिक मेलाको आयोजना हुने भएको छ । माघ २९ र फागुन १ गते दुई दिन वीरगञ्जको टाउन हलमा वृहत शैक्षिक मेलाको आयोजना हुन लागेको हो ।

भिजन मिडिया इनकरपोरेशन र एजुकेशन डटकमको आयोजनामा हुन गईरहेको दुई दिने शैक्षिक मेलाको बारेमा आज वीरगंजमा पत्रकार सम्मेलन गरेर जानकारी गराईएको छ । ‘लर्न लोकल्ली, फिट ग्लोबल्ली’ भन्ने उद्देश्य राखेर स्टडी ईन नेपाल मेलोको आयोजना गर्न लागिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
पाँचौ नेपाल हाईअर एजुकेशन फेयर नाम दिएको मेला बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म चल्नेछ । नि:शुल्क प्रवेशको व्यवस्था मिलाईएको मेलमा सहभागी हुने विद्यार्थीहरुले रिचार्जकार्ड पुरस्कार समेत जित्ने आयोजकको दावी छ । आयोजकसँग यसअघि काठमाण्डुमा ४ पटक यस्तै शैक्षिक मेलको आयोजना गरिसकेको अनुभव छ ।
मेलामा त्रिभुवन, काठमाडौं, पोखरा, पूर्वाञ्चल मध्य पश्चिमाञ्चल लगायतका विश्व विद्यालयसँग आवद्ध २५ भन्दा बढी कलेजहरुले परामर्श दिने आयोजक संस्थाका कार्यकारी अधिकृत तारामान रावलले जानकारी दिए ।
‘उच्च शिक्षा हाँसिल गर्नका लागि विद्यार्थीहरु विदेश जाने क्रम बढदै गएको छ । स्वदेशमै उच्च शिक्षा हासिल गर्नको लागि स्तरीय कलेजहरु छन भन्ने जानकारी विद्यार्थी र अभिभावकहरु माझ पुग्नु आवश्यक भईसकेको छ ।’ उनले भने ‘त्यसैका लागि शैक्षिक मेलाको आयोजना गरेका हौं, दक्ष जनशक्तिको नेपालमा खाँचो छ, यहाँ पनि राम्रो शिक्षा र तलब मिल्छ भन्ने जानकारी विद्यार्थीहरुले पाउँछन् ।’
उनले पछिल्लो समयमा पढ्न नभएर पैसा कमाउनका लागि विदेश पढ्न जाने क्रम बढेको बताउँदै त्यो लाभदायक नदेखिएकोले शैक्षिक मेलाले त्यसलाई निरुत्साहित गर्ने बताए । ‘बाहिर पढ्ने रहर वा यहाँको भन्दा राम्रो पढाई छ भन्ने भ्रम हुन सक्छ, तर अधिकांश पढाईका लागि नभएर पैसा कमाउन विदेश गएको देखिन्छ ।’ रावलले भने ‘ उनीहरु ४ वर्षमा सक्काउनुपर्ने कोर्षलाई ७ वर्ष लगाएर पढ्छन, त्यसरी दक्ष जनशक्ति उत्पादन हुन सक्दैन ।’

मेलामा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस र वीरगञ्ज पब्लिक कलेज पनि मेलामा परामर्श दिनेछ । वीरगञ्ज पब्लिक कलेजका प्रबन्ध निर्देशक डा. दिपक शाक्यले यस्ता शैक्षिक मेलाले सूचनाको अभावमा विद्यार्थी र अभिभावकहरु भौतारिनुपर्ने अवस्थाको अन्त्य हुने बताए । ‘ भारतीय कलेजहरु आएर नेपालमा शैक्षिक मेला गर्छन, ठाउँको ठाउँ एडमिशन पनि हुन्छ, यस्तो कुनैपनि मुलुकमा हुँदैन ।’ उनले भने ‘ यस्ता शैक्षिक मेलाले नेपालमै पनि राम्रो पढाउने कलेज छन् भन्ने जानकारी दिन्छ । नेपाली कलेजहरुको बारेमा सही सूचना प्रवाह गर्नु नै मेलाको मुख्य उद्देश्य हो । ’ टाउन हलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का अध्यक्ष दिपेन्द्र चौहान, पर्सा सचिव युवराज खड्का, प्राध्यापक सुवास प्रसाद, संजय श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here