पालिकाहरुले टेन्डरेको सूचना लुकाएको निर्माण व्यवसायी संघ पर्साको आरोप

0
75
Ad_Article_Top
Share

वीरगंज, माघ २७

निर्माण व्यवसायी संघ पर्साले पालिकाहरुले टेन्डरेको सूचना लुकाएको आरोप लगाएका छन् । उनीहरुले केहि निर्माण व्यवसायी र पत्रिकाका प्रकाशकहरु मिलेर टेन्डरको सूचना लुकाउने गरेको आरोप लगाएका हुन् । नेपाल पत्रकार महासंघ पर्सा शाखामा पत्रकार सम्मेलनको अयोजना गरेर उनीहरुले सूचनाको हकबाट वञ्चित गरिएको गुनासो गरे । उनीहरुले कमीशनको चलखेलमा सूचना लुकाउने परिपाटिको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । निर्माण व्यवसायी संघ पर्साका अध्यक्ष रामकान्त चौरसियाले स्थानीय सरकार आएपछि गाउँबाटै काम पाउँछौं भन्ने सोचेको तर उल्टो भएको प्रतिक्रिया दिनुभयो । अर्का निर्माण व्यवसायी रमेश पाण्डेले स्थानीय तहमा आफ्नो मान्छे पाल्ने हिसाबले काम भईरहेको भन्दै विरोध जनाउनुभयो । उहाँले काम नगर्ने ठेकेदारलाई कारबाही गर्न आग्रह गर्दै कामका लागि स्वस्थ प्रतिश्पर्धाको वातावरण सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here