सीमावर्ती शहर रक्सौलमा दुई नेपाली किशोरीको शव फेला

0
95
Ad_Article_Top
Share

वीरगंज,माघ २७
सीमावर्ती शहर रक्सौलमा दुई नेपाली किशोरीको शव फेला परेको छ । रक्सौल–सुगौली रेल्वे खण्ड अन्र्तगत कंगली ढाला नजिकै रेलले किचेको अवस्थामा दुई जना छात्राको शव फेला परेको हो । मृतक छात्रा मध्ये एक जनाको साथबाट मिलेको वीरगञ्ज पब्लिक कलेजको विद्यार्थी परिचय पत्रमा निभा कुमारी साह नाम उल्लेख छ ।परिचय पत्रमा उल्लेख गरिएको मोबाईल नम्बरमा सम्पर्क गर्दा निभाका बुवा राजेश्वर साहले उठाएका छन् । पर्साको कलिकामाई गाउँपालिका वडा नं २ भेडिहारी बस्ने राजेश्वर साहले आफ्नो छोरी निभा विपीसी कलेजको कक्षा ११ मा अध्ययनरत रहेको बताएका छन् । अर्की छात्रा सोही गाउँपालिका वडा नं ३ हरिहरपुर बस्ने किरण चौरसिया रहेको बताईएको छ । एक जनाको खुट्टा कटेको छ भने अर्कीको टाउको नै कटेको अवस्थामा शव भेटिएको छ । बुवा राजेश्वर साहले शनिबार मात्रै निभाले ट्युसनका लागि पैसा मागेर लगेकी थिईन् । घटनाको बारेमा जानकारी पाएपछि परिवार पुरै शोकमा डुबेको छ । वीरगञ्ज पब्लिक कलेजका सञ्चालक एवं प्रबन्ध निर्देशक डा दिपक शाक्यले कलेजको छात्राहरुको मृत्यु भएको दुःखद घटनाबारे जानकारी आएको र त्यसलाई आफ्नो स्रोतबाट पुष्टी गर्ने प्रयास गरिरहेको बताए ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले घटनाबारे आधिकारिक पुष्टी हुन बाँकी रहेको बताएका छन् । दुई नेपाली छात्राहरुको मृत्यु भएको जानकारी प्रहरीकोमा पनि आएको उनले बताए ।।’

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here