संसदको बिकाश समिती फेरी पर्सामा , हुलाकि सडक र पुल तत्काल निर्माण गर्न निर्देशन

0
1003
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज, फागुन २ ,राकेश साह
बिकास समितीका सभापति कल्याणी खड्काले पर्सामा निर्माण भईरहेको हुलाकि सडकको आज स्थलगत निरिक्षण गर्नुभएको छ । पुर्व सांसद राजकुमार गुप्ता सहितको टोलीले वीरगंज हुदै ठोरी सम्मको हुलाकि सडकको निरिक्षण गरेको हो । अनुगमन टोलीले पप्पु कन्सट्रक्स्नले निर्माण गर्ने जिम्मा पाएको बहुअर्वा देखि ३० किलोमिटर सडकमा काम रोकिएको जनाएको छ । कालिका बानिया जेभिले निर्माण गर्ने जिम्मा पाएको ३० किलो मिटर सडकको काम तिव्र गतिले अघि बढेको जनाएको छ । ७ किलो मिटर बाटो निकुञ्जमा पर्ने भएकोले हालको लागि सो ठाउँमा काम रोकिएको र बाँकी ठाँउको काम तिव्र गतिले अघि बढेको बानियाँ निर्माण सेवाका ईन्जिनियरले जानकारी दिनुभयो । सभापति खड्काले पप्पु कन्सट्रक्सनले जिम्मा पाएको कामको क्वालिट डाउन रहेको जानकारी दिनुभयो । उहाँले पप्पु कन्सट्रक्सन गैर जिम्मेवार दिेखिएको तथा गरेको काम पनि गुणस्तरहिन भएको बताउनुभयो । कुनै बिवाद नै नभएको ठाँउमा समेत पप्पुले काम शुरु नगर्नु भनेको बदनियत नै हो भन्नु भयो ।
यसअघि सभापति खड्काले पर्साका क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव,पुर्व सांसद राजकुमार गुप्ता, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, प्रहरी उपरिक्षक रेवती ढकाल सहित तिलावे पुलको समेत अनुगमन तथा निरिक्षण गर्नुभएको थियो ।तिलावे नदीमा पुल निर्माणको जिम्मा पाएको पप्पु कन्सट्रक्सनलाई एक हप्ताभित्र काम अगाडि बढाउन निर्देशन दिइएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो । प्राबिधिक कठिनाई र समस्याको लागि सरकारी पक्ष सहयोग गर्न तयार रहेको भन्दै पुलको काम तत्काल सुचारु गर्न बिकास समितीका सभापति कल्याणी खड्काले जानकारी दिनुभयो । उहाँले समयमा तोकिएको काम पुरा नगर्ने तथा सकारको निर्देशनलाई अटेरी गर्ने ठेकेदारलाई कानुनी कारवाही गर्ने समेत जानकारी दिनुभयो । सो अवसरमा नेकपाका नेता, तेजप्रकाश निसाद, गंगा खडका यसवन्त यादव, अकलेश साह लगायतको सहभागिता रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here