प्रधानाध्यपाक चौरसियाको लापरवाहीका कारण बिरुवागुठी बिद्यालयको पठनपाठन प्रभाविबत

0
191
Ad_Article_Top
Share

वीरगंज,फागुन ८

प्रधानाध्यपाकको लापरवाहीका कारण पर्सागढी नगरपालीका वडा नं. ३ बिरुवगुठीमा रहेको श्री नेपाल राष्ट्रिय अधारभुत बिद्यालयको पठनपाठन प्रभावित भएको छ । प्रधानाध्यापक निकु चौरसियाले बिद्यालयमा आफनो श्रीमती र आफन्तलाई राखेको कारण पठन पाठन प्रभावित हुदै आएको स्थानियले बताएका छन । कक्षा ४ सम्म पढाई हुने सो बिद्यालयमा ९१ जना बिद्यार्थी संख्या भएपनि उपस्थिती भने एकदमै न्युन हुने गरेको छ स्थानियले जनाएका छन । बिद्यालयमा प्रधानाध्यापक निकु चौरसिया सहित ५ जना शिक्षक र एक सहयोगी गरी ६ जना कर्मचारी भएपनि बिद्यालयमा दुई जना शिक्षक मात्र नियमित उपस्थित हुने गरेको स्थानियले जनाएका छन ।प्रधानाध्यापक चौरसियाको श्रीमती नियमित बिद्यालय नआउने र अरु शिक्षक पनि सयममा न आएकोले दिनदिने बिद्यालयको अवस्था नाजुक बन्दै गएको वडा सदस्य अरूण रेगमीले जानकारी दिनुभयो । बिद्यालयले प्रदान गर्ने छात्रवृति समेत प्रदान नगरेका र बिद्यालयका लागि खरिद गरिएको कार्पेट, फोन ,पंखा लगायतको समानहरु प्रअले व्यक्ति प्रयोग गर्दै आएको वडा सदस्य रेग्मीले जानकारी दिनुभयो । बिद्यालयको अवस्था प्रति आफु चिन्तित रहेको बताउदै वडा अध्यक्ष उद्यव बहादुर उप्रेतीले तत्काल बैठक बसी बिद्यालयको समस्या समाधान गर्ने र नगरपालिकामा समेत कुरा राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उता नगरपालिका बिनी राजेशवर चौरसीयाले बिद्यालयमा शिक्षकहरु नियमित आउने गरेको दावि गर्नुभयो । बिनी चौरसियाल वडा नं. ३ मा रहेको अर्को निम्न माध्यमिक बिद्यालयमा बिद्यार्थी पढन जाने हुदाँ सो बिद्यालयमा बिद्यार्थीको चाप न्युन देखिएको बताउनुभयो । उहाँले छिटै सो बिद्यालयमा अरु बिद्यालयमा गाभ्ने समेत जानकारी दिनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here