जनप्रतिनिधि ११ र कर्मचारी ११ बिच भोली मैत्रिपुर्ण फुटबल प्रतियोगिता हुने

0
63
Ad_Article_Top
Share

वीरगंज, फागुन ९ राकेश साह
६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा भोली जनप्रतिनि ११ र कर्मचारी ११ बिच मैत्रिपुर्ण फुटवल प्रतियोगिता हुने भएको छ । कर्मचारी मिलन केन्द्र पर्साको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो । नारायणी रंगशालामा हुने प्रतियोगिता दिउँसो ३ बजे शुरु हुने नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरीले जानकारी दिनुभयो । जिल्ला समन्वय समिती पर्साका अध्यक्ष नेक महम्दको नेतृत्वमा जनप्रतिनिधि ११ फिल्डमा उत्रने छ भने पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको नेतृत्वमा कर्मचारी ११ फिल्डमा भिड्ने अध्यक्ष गिरीले जानकारी दिनुभयो । भोली हुने प्रतियोगिता निकै रोमाञ्चक हुने बुझिएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here