फागुन ११ गते दोस्रो बैंकिङ्ग एण्ड ईन्सुरेन्स मेलाको आयोजना हुने

0
128
Ad_Article_Top
Share

वीरगंज,फागुन ९ राकेश साह
वीरगंज कलेजको आयोजनामा फागुन ११ गते एकदिने दोस्रो बैंकिङ्ग एण्ड ईन्सुरेन्स मेलाको आयोजना हुने भएको छ । आज कलेजमा पत्रकार सम्मेलन गरी एमबिए प्रथम र दुतिय तहका बिद्यार्थीहरुले सो मेलाको आयोजना गर्ने कलेजका प्रबन्ध निर्देशक प्रो.डा. दिपक शाक्यले जानकारी दिनुभयो । टाउन हल नजिक आर्दश स्कुल प्रागंनमा हुने मेलामा १२ वटा कलेज, २१ वटा बैंक र ८ वटा ईन्सुरेन्स कम्पनी सहित करिव चार हजार बिद्यार्थीहरुको सहभागिता रहने प्रबन्ध निर्देशक शाक्यले जानकारी दिनुभयो । स्नातकोत्तर तहका बिद्यार्थीहरुको व्यवस्थापन दक्षता अभिवृद्धि गर्ने उद्देश्यले कलेजले दुई बर्ष देखि मेलाको आयोजना गर्दै आएको छ । मेला साढे १० बजे देखि साँझ पाँच बजे सम्म संचाल्न हुने कलेजका अध्यक्ष विवेक श्रेष्ठनले जानकारी दिनुभयो । मेलामा कुनै शुल्क नलाग्ने तथा मेलामा बिभिन्न किसिमका तालिम, हाजरी जवाफ प्रतियोगिता लगायतको कार्यक्रमहरु समेत हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा कलेजका प्रोग्राम कोडिनेटर संकल्प शाक्य,धनन्जय मिश्र लगायतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here