लैंगिक समानता कार्यक्रमको नगरस्तरीय बैठक सम्पन्न

0
119
Ad_Article_Top
Share

१० फागुन, वीरगञ्ज

वीरगञ्जमा आज दिगो विकास लक्ष्य प्राप्तीका लागि लैंगिक समानता कार्यक्रमको महानगरपालिका स्तरीय समन्वय बैठक सम्पन्न भएको छ । वियोन्ड बेईजीङ कमिटि नेपाल, भिएसओ नेपालको सहयोगमा दलित महिला संघ पर्सा र मुख्य महिला समूह पर्साले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।

होटल कुमु प्यालेसमा आयोजित कार्यक्रममा बोल्दै वीरगञ्ज महानगरपालिकाकी उप प्रमुख शान्ति कार्कीले महिला सशक्तीकरणका लागि काम गर्न महानगरपालिका तयार रहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण दलित महिला संघ पर्साको अध्यक्ष निला रामले गर्नुभयो ।

उहाँले सिंहदरबार गाउँमा आईसकेको अवस्थामा महिला उत्थानका लागि विशेष कार्यक्रम आउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम अन्र्तगत वीरगञ्जका तीन वटा वडाबाट कमला घिमिरेको संयोजकत्वमा ९ सदस्यीय मुख्य समूह गठन गरिएको छ भने त्यसैगरि वडा नं ८, १५ र १६ मा ५÷५ जनाको मुख्य समूह गठन छ । कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष गजेन्द्र कुर्मी, वडा नं १६ का श्यामबाबु चौरसिया लगायत सहभागी भएका थिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here