जिल्लामै पहिलो पटक वीरगंज २३ बाट अनलाईन भाईटल रजिष्टे«शन सेवाको शुभारम्भ

0
291
Ad_Article_Top
Share :

वीरगंज,फागुन १३
वीरगंज वडा नं. २३ प्रसौनी बिर्ता वडा कार्यालयमा आज एक कार्यक्रमका बिच अनलाईन भाईटल रजिष्टे«शन सेवाको उद्घाटन गरिएको छ । वीरगंजका प्रमुख कार्यकारी अधिकृत डा. भिष्मकुमार भुषालले अनलाईन दर्ता प्रणालीको उद्घाटन गर्नुभएको हो । अनलाईन दर्ता प्रणालीको उद्घाटन गर्दै डा.भुषालल पर्सा जिल्लामै पहिलो पल्ट अनलाईन सेवाको शुभारम्भ वडा नं. २३ बाट गरिएको जानकारी दिनुभयो । अनलाईन प्रणालीबाट सही तथ्यांक आउने तथा किर्ते कागज तयार गरी सेवा लिनेहरुबाट छुटकारा पाउने बताउनु भयो । डा. भुषाले अनलाईन सेवाबाट जन्म ,विवाह दर्ता,मृत्यु, बसाई सराई र सम्बन्ध बिच्छेदका लगायतका तथ्यांकहरु सुरक्षित र केन्द्रिति हुनुको साथै तथ्याँक हराउने,जल्ने चोरिने समस्याबाट पनि बच्न सकिने बताउनुभयो । उहाँले प्रतिलिपि निकाल्दा हुने झनझनबाट मुक्ति पाउनुको साथै सहरजमिन गर्ने समस्याबाट पनि छुटकारा पाउन सकिने जानकारी दिनुभयो । उद्घाटनको पहिलो दिन आज २ जनाको जन्मदर्ता र २ जनाको विवाह दर्ता अनलाईन प्रणालीबाट गरिएको वडा सचिव सुर्यकाला यादवले जानकारी दिनुभयो । उद्घाटन समारोहमा वडा अध्यक्ष अवधकिसोर कुशवाहा, वडा सदस्य लालबाबु यादव, सहायक सचिव राजेन्द्र यादव,लालबाबु कुशवाहा लगायतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here