गरुडामा हुने जन सभालाई सफल पार्न पकहामैनपुर र कालिकामाई गाउपालिकामा अगुवा कार्यकर्ताहरुको बैठक सम्पन्न

0
198
Ad_Article_Top
Share

वीरगंज, फागुन १७
फागुन २५ गते रौतहटको गरुडामा हुने बिशाल जन सभालाई सफल पार्न आज पर्साको पकहामैनपुर र कालिकामाई गाँउपालिकाम अगुवा कार्यकर्ताहरुको बैठक सम्पन्न भएको छ । नेकपाका स्थानिय नेता प्रभु पटेलको अध्यक्षता एवं प्रदेश २ का सदस्य तेजप्रकाश निषादको प्रमुख आतिथ्यमा पकहामैनपुरमा बैठक सम्पन्न भएको थियो । बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सम्बोधन गर्ने बैठकमा पकाहामैनपुर गाँउपालिकाबाट बढी भन्दा बढि जन सहभागिता गराउने निर्णय गरेको छ । बैठकमा वडा अध्यक्ष अम्बिका सहनी, नेकपाका नेताहरु मदन पासवान, सुरेश महतो लगायतको सहभागिता रहेको थियो । यसैगरी कालिकामाई गाँउपालिकामा पनि फागुन २५ गते हुने बिशाल जन सभालाई सफल पार्न गाँउपालिका स्तरीय अगुवा कार्यकर्ता बैठक सम्पन्न भएको छ । वडा नम्बर ५ बिरञ्जी वरवाका वडा अध्यक्ष पवन तिवारीको अध्यक्षतमा सम्पन्न बैठकमा प्रमुख अतिथी प्रदेश सदस्य तेजप्रकाश निषाद,नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी ,स्थानिय नेता शम्भु पाल लगायतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here