कर्मचारीहलाई समयमा कार्यालय आउन र ईहाजरी गर्न अध्यक्ष कानुको निर्देशन

0
452
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज, फागुन २२, संजिव मिश्र
पर्साको बिन्दवासनी गाँउपलिकमा कर्मचारीहरुको बैठक सम्पन्न भएको छ । गाँउपालिका अध्यक्ष श्रीलाल साह कानुको अध्यक्षतामा बसेको बैठकमा कर्मचारीहरुलाई समयमा कार्यालय आउने,ई हाजरी गर्न, ड्रेस लगाउने,परिचय पत्र बोक्ने लगायतको निर्णयहरु गरेको छ । बैठकमा गाँउपालिका अध्यक्ष कानुले जन गुनासो बढेको भन्दै सवै कर्मचारीहरुलाई नियमित समयमा कार्यालय आउन, ई हाजरी गर्न र समयमै काम गर्न निर्देशन दिनुभयो । बैठकमा प्रमुख प्रशासकिय अधिकृत सुजित कुमार साह, नायब सुब्बा मिरा देवी रिजाल,सव ईन्जिनियर नागेन्द्र प्रसाद कुशवाहा,लेखा अधिकृत धनन्जय दास,सुचना अधिकृत नरेश प्रसाद चौहान, योजना शाखा प्रमुख सिताराम साह,समाजिक बिकाश प्रमुख रामप्रवेश साह,सोनालाल चौरसिया लगायतको सहभागिता रहेको थियो । यसैगरी बिन्दवासनी गाँउपालिकाक अध्यक्ष श्रीलाल साह कानुले आज वडा नंम्बर २ गर्दौलमा बाटो निर्माणको लागि स्थलगत निरिक्षण गर्नुभएको छ । वडा नम्बर २को भगवती प्राबि देखि अमरपटी बाँध सम्म निर्माण गर्न लागिएको बाटोको अध्यक्ष कानुले निरिक्षण गर्नुभएको हो । ३० लाखको लागतमा सो सडक निमार्ण गर्न लागिएको अध्यक्ष कानुले जानकारी दिनुभयो । वहाँले सडक निर्माणमा सहयोग गर्न स्थानियलाई आग्रह गर्नुभयो । बाटो अतिक्रमण गरि बनाइएको घर टहरा हटाउन समेत अध्यक्ष कानुले स्थानिय संग आग्रह गर्नुभयो । सो अवसरमा वडा नम्बर २ का वडा अध्यक्ष संजय चौहान, १ सगिर मियाँ, गम्भिरा साह,रामाधार मुखिया,लगायतको उपस्थिती रहेको थियो । 

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here