बिन्दवासनी गाँउपालिकाद्वारा एक महिने निशुल्क लोकसेवा तयारी कक्षा संचालन

1
87
Ad_Article_Top
Share

वीरगंज,फागनु २२
पर्साको बिन्दवासनी गाँउपालिकामा आज एक महिने निशुल्क लोक सेवा तयारी कक्षाको उद्घाटन सम्पन्न भएको छ । बिन्दवासनी गाँउपालिकाका उपाध्यक्ष किरण देवी गुप्ताको प्रमुख आतिथ्यमा सो तयारी कक्षाको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गुप्ताले बिद्यार्थीहरुलाई मेहनतका साथ अध्ययन गरी नाम निकाल्न शुभकामना दिनुभएको थियो । वहाँले तयारीको लागि एक महिना समय छोटो भएकोले अगामी गाँउपालिका परिषदमा यस बिशेष निर्णय गराउने आश्वासन समेत दिनुभयो । बहुअर्वाभाठा स्थित राधाकृष्णा चौरसिया माविमा संचालित तयारी कक्षामा ६० जना बिद्यार्थीहरुको सहभागिता रहेको छ । तयारी कक्षाका बिद्यार्थीहरुलाई गाँउपालिकाले निशुल्क पुस्तक बितरण गर्नेछ । उद्घाटन समारोहमा प्रमुख प्रशासकिय अधिकृत सुजित कुमार साह, राजेन्द्र दास,सिताराम पंडित,अश्विनी मिश्रा, संदिप साह लगायतको उपस्थिती रहेको थियो । सकसेश लोक सेवा प्रिपेशनको सहयोगमा संचालित तयारी कक्षामा अपलेश मिश्राले प्रशिक्षण दिनुभएको थिो । कार्यक्रमको सहजीकरण संजिव मिश्रले गर्नुभएको थियो ।

Ad_Article_Bottom

1 COMMENT

  1. गलत न लेख्नु त्यहा मात्र 10 देखि 15 जनाको विधार्थीहरुको सहभागिता रहेको थियो अनि त्यो पनि 30 दिन सम्म चल्ने मात्र 5 लाख को बजेट मा ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here