गरुडामा हुने बिशाल जन सभालाई सफल पार्न ओबिसी पर्साको बैठक सम्पन्न

0
36
Ad_Article_Top
Share

वीरगंज,फागुन २३
रौतहटको गरुडामा हुने नेकपाको बिशाल जन सभालाई सफल पार्न अखिल नेपाल पिछडावर्ग (ओ.वि.सी) महासंघ पर्साले आज वीरगंज १८ सौराहामा वृहत छलफल गरेको छ । जिल्ला अध्यक्ष अकलेश साहको अध्यक्षतामा बसेको बैठकले फागुन २५ गते रौतहटमा हुने नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पुष्प कमल दहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम सफल बनाउन बिभिन्न निर्णयहरु समेत गरेको छ ।बैठकले पर्सा ओविसीमा आवद्ध कार्यकर्ताहरुलाई कार्यक्रममा सहभागिता गराउन पनि निर्णय गरेको छ ।
बैठकमा नगर अध्यक्ष रोशन सरर्फा, जिल्ला उपाध्यक्ष धर्मेन्द्र पटेल, प्रवक्ता राजकुमार कानु, क्षेत्रिय अध्यक्ष शभनारायण ठाकुर लगायतकाको उपस्थिती रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here