अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिन्दवासनी गाँउपालिकामा जनचेतना रयाली

0
113
Ad_Article_Top
Share

वीरगंज,फागुन २४,संजिव मिश्र
‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आज १०९ औं अन्तराष्ट्रिय महिला दिवस मनाइदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तराष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा आज पर्साको बिन्दवासनी गाउँपािलका पनि जनचेतना रयाली निकालिएको छ । नारी पुरुष सरोबरी सधैभरी बरोबरी भन्ने नाराका साथ सो दिवस मनाइएको हो । गाउपालिका उपाध्यक्ष किरण देवी गुप्ताको अध्यक्षतामा निस्केको ¥यालीले गाँउपालिकाको बिभिन्न भाग परिक्रममा गरी कोणसभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै गाँउपालिका उपाध्यक्ष किरण देवी गुप्ताले महिला सशक्तिकरणको लागि आफु सदैव तयार रहेको जानकारी दिनुभयो ।महिला शिक्षित भए पुरै परिवार नै शिक्षित हुने भन्दै छोरी शिक्षामा ध्यान दिन अभिभावकहरुलाई आग्रह गर्नुभएको । कार्यक्रममा वडा अध्यक्ष संजय चौहानले आफनो वडामा पुरुष सरह अधिकार दिन तयार भएको बताउनुभयो । महिलाहरुको लागि गाँउपालिका बाट प्राप्त सहयोग दिलाउन बिशेष सहयोग गर्ने बताउनुभयो । महिला तथा बालबालिका शाखाद्वारा आयोजित कार्यक्रममा वडा अध्यक्ष संजय चौहान,सुजना अधिकारी नरेश प्रसाद चौहान, बिन्दु चौरसिया लगायत स्थानियहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण मन्जुदेवी कायस्थले गर्नुभएको थियो । यसैगरी दिवसको अवरमा आज वीरगंजमा पुरुष पदयात्रा निकालिएको छ । घण्टाघरबाट शुरु ¥याली नगरको परिक्रममा गरी पुनःघण्टाघरमा आएर समापन भएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here