नारी दिवसको अवसरमा ठोरीमा विविध कार्यक्रम

0
22
Ad_Article_Top
Share

ठोरी, फागुन,२४ हेम चापागाई

१०९ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा ठोरी गाउँपालिकाको वडा नम्बर ३ व्रम्हनगरमा महिला अधिकार सम्वन्धी अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार भन्ने मुल नारा बनाएर ठोरी गाउँपालिकाले उक्त कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै ठोरी गाउँपालिकाकी उपाध्यक्ष शान्ति थिङले ठोरी गाउँपालिका महिलाहरुको हकहित संरक्षण र थप गर्न सधैं तयार रहेको बताउनु भयो । स्थानीय सरकार आएपछि सम्पूर्ण महिलाहरुले आआफ्नो हकहित सुरक्षित भएको महसुस गर्नुपर्ने त्यसमा पनि अन्तराष्ट्रिय सीमा क्षेत्रमा रहेका महिलाहरुको जीउधनको सुरक्षा गर्न गाउँपालिकाले विशेष कार्यक्रमहरु ल्याउनु पर्ने कार्यक्रमका सहभागीहरुले बताएका छन् । ठोरी गाउँपालिकाकी उपाध्यक्ष शान्ति थिङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ठोरी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष किशोर तामाङ, वडा नम्बर ३ का वडाध्यक्ष सुर्य लामा, वडा नम्बर ४ का वडाध्यक्ष बही बहादुर पाख्रिन, गाउँपालिकाका सदस्यहरु कान्छीमाया पाख्रिन, वित्तमाया बि।क।, ठोरी गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरु, विभिन्न मिडियाका पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो । ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन गङतान लामाको सभापतित्वमा सञ्चालित कार्यक्रममा स्थानीय विद्यालयका छात्राहरुले प्रतियोगितात्मक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानीय महिलाहरुका लागि म्युजिकल चेयर लगायतका खेलहरु पनि रहेको र नृत्य तथा खेलकुदका विजेताहरुलाई गाउँपालिकाले नगद तथा अन्य पुरस्कारहरुबाट पुरस्कृत गरिने ठोरी कार्यक्रमका सभापति नवीन गङतान लामाले बताउनु भयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here