पर्साको पोखरीया र पकहामैनपुरमा आगलागि , करिव १८ लाखको क्षति

0
290
Ad_Article_Top
Share

वीरगंज,फागुन २५
पर्साको पोखरीया नगरपालिका वडा नम्बर २ लमरीयामा गएराती आगलागी हुदाँ ३ घर जलेर नष्ट भएको छ ।राती साढे ११ बजे आगलागि हुदा सुनिल राउत यादव,अनिल राउत यादव र लक्ष्मण राउत यादवको घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागि बाट एउटा भैसी चारवाट बाख्रा ,साईकल तिनवटा, धान,चामल ,सुन चाँदी, लताकपडा गरी ८ लाखको क्षति भएका प्रहरीले जनाएको छ । पोखरीयाको वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियको सहयोगमा पाँच घण्टापछि आगलागि नियन्त्रणमा आएको वारुण यन्त्र पोखरीयाका ईन्र्चाज नन्दकिसोर यादवले बताउनुभयो । आगलागिबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यसैगरी पकहामैनपुर गाँउपालका वडा नंं. ५ गदयानी पोखरीयामा हिजो साँझ पौने सात बजे सत्या कुखुरा फर्ममा आगलागि हुदा करिव १० लाख मुल्य बराबरको क्षति भएको छ । करेन्ट सर्ट भई आगलागि हुदा फर्ममा रहेका तिन हजार कुखुरा,३४ बोरा दाना जलेर नष्ट भएको फर्म संचाल्क महेन्द्र रामले बताउनुभयो । आगलागि सशस्त्र प्रहरी सवैठवा, प्रहरी चौकी सवैठवा र स्थानिय बासीको सहयोगमा नियन्त्रणम लिइएको प्रहरीले जनाएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here