अनुभुति कलेजमा बिद्यार्थीहरुद्वारा तालाबन्दी

0
883
Ad_Article_Top
Share

वीरगंज, फागुन २६
वीरगंजमा रहेको अनुभुति कलेजमा आज बिद्यार्थीहरुले तालाबन्दी गरेका छन । नियमित पठन पाठन नहुने, शिक्षहरु समयमा नआउने, आवश्यकता भन्दा बढि बिदा हुने लगायतको आरोप लगाउदै बिद्यार्थीहरुले क्याम्पसमा तालाबन्दी गरेका हुन । कलेजले बिद्यार्थीहरुको भविष्य संग खेलवाड गरेको तथा बिद्यार्थीहरुबाट शुल्क मात्र असुल्ने गरेको बिद्यार्थीहरुले आरोप लगाएका छन । परिक्षा नजिक आउँदा पनि कोर्स पुरा नहुदाँ बिद्यार्थीहरु चिन्तित भएका छन । कलेजको आन्तिरीक समस्याका कारण बिद्यार्थीहरुको भबिष्य खराब भएको भन्दै बिद्यार्थीहरुले नाराबाजी गर्दै प्रर्दशन गरेका थिए । बिज्ञान र वाणिज्य संकाय पढाई हुने कलेजमा पाँच घण्टी पढाई हुनुपर्ने ठाँउमा मुस्लिकले २ घण्टी मात्र हुने गरेको बिद्यार्थीहरुले आरोप लगाएका छन । बिद्यार्थीहरुले कलेज चिफ संग मात्रा वार्ता गर्ने अडान राख्दै आएका छन ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here