श्री नेपाल राष्ट्रिय अधारभुत बिद्यालय प्रसौनी बिर्तामा दिवाखाजा पुनः शुरु

0
73
Ad_Article_Top
Share

वीरगंज, फागुन २६
वीरगंज २३ प्रसौनी बिर्तामा रहेको श्री नेपाल राष्ट्रिय अधारभुत बिद्यालयमा आज देखि पुनः दिवा खाजाको शुरुवात गरिएको छ । नेपाल सरकारको आर्थिक सहयोगमा बाल बिकाश कक्षा देखि ६ सम्मका बिद्यार्थीहरुलाई सो दिवा खाजाको शुरुवात गरिएको हो । वाड अध्यक्ष अवधकिसोर कुवशाहाले विद्यार्थीहरुलाइ खीर खुवाएर दिवाखाजको शुरुवात गर्नुभयो । तिन सय बिद्यार्थीहरु रहेको सो बिद्यालयमा यस अघि वडा अध्यक्ष अवधकिसोर कुशवाहाले तिन महिना व्यक्तिगत खर्चमा खाजाको व्यवस्था गरेको बिद्यालयका प्रधानाध्यापक बिजया पोखरेलले जानकारी दिनुभयो । नेपाल सरकारले पठाएको तालिका अनुसारनै बिद्यार्थीहरुलाई दिवा खाजा खुवाउने प्रधानाध्यापक पोखरबताउनुभयो । सो अवसरमा वडा सदस्य फुलबचनी देवी पासवान, कान्तिदेवी महतो, लालबाबु यादव, न्यु सनराईज क्लबका उपाध्यक्ष रेयाज अंसारी, महासचिव जितेन्द्र महतो ,बिद्यालयका शिक्षक,शिक्षिका लगायतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here