बाराको बैनौलीमा १०६ वटा साईकल बितरण

0
98
Ad_Article_Top
Share

कलैया, फागुन २६, मोहनलाल पंडित
बाराको माहागढीमाई नगरपालीका वडा नं ७ मा बेनौलीमा आज निशुल्क साइकल वितरण गरिएको छ । श्री नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा कक्षा ९मा अध्ययनरत १०६ छात्राहरुलाई सो साईकल बितरण गरिएको हो । साईकल खरिद तथा बितरण उप समितीका अध्यक्ष ओमप्रकाश चौधरीका अध्यक्षतामा भएको साईकल बितरण कर्यक्रममा नगरपालिकाका मेयर उपेन्द्र यादव, बिद्यालय व्यस्थापन समितीका अध्यक्ष राजदेव साह, बिद्यालयका प्रधानाध्याप जितेन्द्र यादव, नेकपाका नेता कौशल सिंह लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण स्कुलका शिक्षक रामबहादुर पंडितले गर्नुभएको सहकर्मी मोहनलाल पंडितले जानकारी दिनुभयो । कार्यक्रम बिद्यालयका प्रागंनमा सम्पन्न भएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here