तराई मधेशको समृद्धिका लागि वीरगंजमा अभिमुखीकरण

0
26
Ad_Article_Top
Share

वीरगंज,फागुन २६
वीरगंजमा तराई मधेशको समृद्धिका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयको आयोजनामा वीरगंजको होटल मकालु कार्यक्रम भएको हो । अभिमुखीकरण कार्यक्रमको सांसद डाक्टर पुुष्पाकुमारी कर्णले उद्घाटन गर्नुभएको थियो । तराई मधेशको समृद्धिका लागि संघिय सरकारले बिनियोजन गरेको २ अर्ब ६ करोड सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा खर्च गर्नका लागि स्थानिय तहका जनप्रतिनीधि र कर्मचारीहरुलाई जानकारी गराईएको कार्यक्रमका कार्यकारी निर्देशक रामहरी शर्माले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश नम्बर २ को पर्सा, बारा, रौतहट र प्रदेश नम्बर ३ को चितवनका स्थानिय तहका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here