पर्साको टिहुकीमा आगलागि ,१३ घर जलेर नष्ट

0
58
Ad_Article_Top
Share

वीरगंज,चैत्र ४//पर्साको छिपरमाई गाउँपालिकाको वडा नं. २, टिहुकीमा आगलागी भएको छ । आज दिउसो २ ः३० बजे भएको आगलागीमा परी १३ वटा घर पूण रुपले जलेर नष्ट भएको छ । आगलागीमा साउ मियाँ, मनिर मियाँ, हसमुदिन मियाँ धुनिया, नयीम मियाँ धुनिया, कइम मियाँ धुनिया, भोला पासवान, रामशरण पासवान, शिवरण पासवान, सहिम मियाँ धुनिया, मुकेश कुमार पासवान, लालबाबु पासवान, देव सरण पासवान र रामु पासवानको फुसको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आलगागीले कुनै मानविय क्षति नभए पनि घरमा रहेको धनमाल जलेर नष्ट भएको प्रहरी चौकी टिहुकी प्रहरी सहायक निरिक्षक मनोज ठाकुरले वताए । आगलगीले करिब ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घुर बालिएको खरानीबाट आगो सल्की भएको आगलागी स्थानिय, प्रहरी र पोखरिया नगरपालिकाबाट पुगेको दमकलको सहयोमा नियन्त्रणमा आएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here