नेकपाका नेता हरि मण्डलको हृदय घातको कारण निधन

0
54
Ad_Article_Top
Share

वीरगंज, चैत्र ४//नेकपाका नेता तथा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य हरि मण्डलको आज हृदय घातको कारण निधन भएको छ । यस भेगमा इमान्दार नेताको रुपमा परिचित मण्डलको दिउसो आकष्मिक रुपमा भएको हृदयघातले अस्पताल लग्दा लग्दै निधन भएको समाचार प्राप्त हुन आएको छ । मण्डलको निधनले नेकपा शोकमग्न भएको कुरा नेता पुर्ब सांसद राजकुमार गुप्ता बताउनुहुन्छ । उहाँंका अनुसार आधारभुत तहका जनताको बीचमा लोकप्रिय नेता मण्डलको निधन पार्टी र जनताको लागि अपूरणिय क्षती हो । मण्डलको निधनमा पार्टीको प्रदेश अध्यक्ष प्रभु साह, नेकपा पर्सा कार्यदलले समेत गहिरो शोक व्यक्त गरेको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here