वीरगंज,चैत्र ४ //होलीपर्वको अवसरमा आज पनि विभिन्न संघ संस्थाले होली मिलन समारोहाको आयोजना गरेका छन । एकसातादेखी होली मिलन समारोह मनाइदै आएको छ । आज बिहान वीरगंज २३ प्रसौनी बिर्तामा पनि होली मिलन समारोह सम्पन्न भएको छ । वडा अध्यक्ष अवधकिसोर कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेता वृज यादव, युवा नेता राजु बैठा, न्यु सनराईज क्लबका सुनिल दास, रामानन्द महतो लगायतकाले शुभकामना व्यक्त गर्नुभएको थियो । लालबाबु कशुहावाले सहजीकरण गरेको कार्यक्रममा स्वागत मन्तव्य राकेश साहले गरेका थिए । यसैगरी, आजै बिहान समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतना रैली निकालिएको छ । होली पर्वलाई शान्तिपुर्ण तरिकाबाट सम्पन्न गर्नका लागि रैली आयोजना गरिएको हो । रैलीपछि घण्टाघरमा आयोजित कोणसभामा नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक मानबहादुर राईले रंगको पर्वलाई शान्तिपुर्ण रुपमा मनाउन आग्रह गर्नुभयो । होलीको नाममा विकृतिलाई मौलाउने मौका नदिन पनि वहाहरुले आग्रह गर्नुभयो । आज राजपा पर्साले प्रदेश सभासदस्य रमेश पटेलको सिर्सिया खल्वाटोलस्थित निवासमा होली मिलन समारोह मनाएको छ । यसैगरी मध्यनेपाल मिडिया प्रालि, रेडियो वीरगंज, संघिय प्रेस फोरम, किड्स प्लानेट मोन्टेसरी, राष्ट्रिय विद्यार्थी संघलगायतका संस्थाहरुले आज होलि मिलन समारोह मनाउदै छन ।यसैगरी नेकपा बाराले पनि आज परवानीपुरमा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । नेकपा नेता अमर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेकपा केन्द्रिय सदस्य बलबिर चौधरी,अतिथीहरु केन्द्रिय सदस्य दिनेश राई, नेता देवनारायण चौधरी, मनोज पौडेल, सोचन यादव, रामक्षेत्रि पटेल, शिवजी गुप्ता लगायतकाले शुभकामना व्यक्त गर्नुभएको थियो । भोजभगत बिद्यालयमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उमेश गुप्ताले गरेका थिए भने सहजीकरण लालबहादुर पटेल, गरेका थिए । यसैगरी वीरगंजबाट महिला पत्रकारहरुले मात्र संचालन गरेको मध्ये नेपाल सन्देश साप्ताहिक पत्रीकाले होलि पर्बको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । समारोहमा प्रदेश सभा सदस्य प्रहलाद गिरि, नेकपा नेता प्रभु हजरा, नेपाली कांग्रेसका नेता श्याम पटेल, संघीय समाजवादी फोरम नेपालका शशिकपुर मियां, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, प्राध्यापक दिपक शाक्य, बीरगंज उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष सुबोध कुमार गुप्ता, महिला ब्याबसयी उषा शाह, रम्भा मिश्र लगायतले आफ्नो धारणा राख्नु्भएको थियो ।