नेपाल रेडक्रस पर्साद्वारा संचालित बिपत जोखिम न्युनिकरणको समिक्षा बैठक सम्पन्न

0
142
Ad_Article_Top
Share

वीरगंज,चैत्र ४
नेपाल रेडक्रस पर्साद्वारा संचालित बिपत जोखिम न्युनिकरणको समिक्षा बैठक आज सम्पन्न भएको छ । कार्यवाहक सभापति मधु राणाको अध्यक्षतामा सम्पन्न बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बिपत व्यवस्थापन समितीका अध्यक्ष नाराण भट्टराई,रेडक्रस सोसाईटी प्रदेश २ का अध्यक्ष फुलमहम्द मियाँ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वन्जारा,रेडक्रस सोसाईटीका राजन श्रीवास्त लगायतको उपस्थिती रहेको थियो । बैठकमा रेडक्रसका उमेश मिश्रले बालबालिकाको बिबिध पक्षको बारेमा रेडक्रसले संचालन तालिमको बारेमा प्रगति बिवरण पेश गर्नुभएको थियो । कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख, पर्साका सशस्त्र प्रहरी उपरिक्षक प्रेमध्वज शाह, डिएसपी मानबहादुर राई लगायतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here