ब्लड डोनर्स र पब्लिक फिटनेसको संयुक्त आयोजनामा होली मिलन समारोह सम्पन्न

0
335
Ad_Article_Top
Share :

वीरगंज,चैत्र ५
ब्लड डोनर्स एसोसिएसन नेपाल पर्सा र पब्लिक फिटनेस सेन्टरको संयुक्त आयोजनामा आज वीरगंजको माईस्थानमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । फिटनेस सेन्टरका अध्यक्ष करण यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वन्जारा, प्रध्यापक सुषमा तिवारी द्विवेदी,ब्लड डोर्नस एशोसिएसन पर्साका अध्यक्ष सत्रुघन नेपाल,प्रहरी उपरिक्षक रेवती ढकाल,वडा अध्यक्ष राजेश गुप्ता,वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई ,व्लोदान पर्साका सचिव अरविन्द लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा समाजसेवी बिदुर गुप्ता, रक्तसंचार केन्द्र पर्साका अध्यक्ष सौरभराज पाण्डे, रेडक्रस सोसाईटी पर्साका राजनश्रीवास्तव, नेपाल पत्रकार महासंघ पर्साका सदस्य संजिव मिश्र,नेपाली काँग्रेसका युवा नेता सरोज चौरसिया लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण प्रभाकर गुप्ताले गर्नुभएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here