आवाज एफएमको बार्षिक उत्सवमा साताव्यापी कार्यक्रम गरिने, चैत्र ३० गते रक्तदान हुने

0
172
Ad_Article_Top
Share

वीरगंज,चैत्र,१४
आवाज एफएम ८८ मेगाहर्ज दोस्रो बर्ष पूरा गरि तेस्रो बर्ष प्रबेश गरेको अवसरमा साताब्यापी कार्यक्रम हुने भएको छ । आउंदो २०७६ साल बैशाख २ गतेदेखि एफएम प्रशारणको दोस्रो बर्ष पुरा गरि तेस्रो बर्षमा प्रबेश गर्न लागेको हा्े । यस अवसरमा यसै महिनाको २६ गते सरसफाई कार्यक्रम, २७ गते नारायणी अस्पतालमा फलफूल बितरण, २८ गते पत्रकार र जनप्रतिनिधीका बीचमा मैत्रीपूर्ण फूटबल खेला, २९ गते मानब सेवा आश्रममा बसेकाहरुलाई खाना खुवाउने र यसै महिनाको ३० गते एफ एम परिसरमा नै बृहद् रक्तदान कार्यक्रमको आयोजना गरिने कुरा प्रबन्ध संचालक श्याम बन्जाराले बताउनुभएको छ । त्यसैगरि आउंदो २०७६ सालको बैशाख १ गते शुभकामना कार्यक्रमको आयोजना गरिने र २०७६ सालको बैशाख २ गते बार्षिकोत्सव समापनको अवसरमा श्रोता मिलन, बिज्ञापनदाता सम्मान, तथा शुभकामना कार्यक्रमको आयोजना गर्ने कुरा आज बसेको संचालक समितीको बैठकले निर्णय गरेको हो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here